अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच १२ जुनमै सिंगापुरमा भेटवार्ता हुने

१९ जेठ ०७५, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमै भेटवार्ता हुने भएको छ ।

शुक्रबार ट्रम्प र उन निकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेटवार्ता गर्ने तय भएको हो ।

यसअघि १२ जुनमा सिंगापुरमा तय भएको ट्रम्प र किमबीचको भेटवार्ता अमेरिकाले उत्तर कोरिया भड्काउमा लागेको आरोप लगाउँदै एकतर्फीरुपमा रद्द गरेको थियो ।

त्यसलगत्तै दुवै देशका कुटनीतिज्ञहरुबीच वार्ताको वातावरण बनाउने प्रयास सुरु भएको थियो । सोही प्रयासअनुसार उत्तर कोरियाली नेता किमले आफू निकटका चोललाई अमेरिका पठाएका थिए । उत्तर कोरियाका वरिष्ठ अधिकारी चोल बिहीबार बेइजिङ हुँदै न्यूयोर्क पुगेका थिए ।त्यहाँ उनले सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि शुक्रबार चोलले ट्रम्पलाई भेटेका थिए । उनले किम जोङ उनले पठाएको पत्र ट्रम्पलाई दिएका थिए । त्यसपछि ट्रम्पले १२ जुनमै भेटवार्ता हुने जानकारी दिएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत