२० जेठ ०७५, काठमाडौं । सातै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरिक्रया सुरु भएको छ ।
हेटौंडामा प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सातै प्रदेशका कामहरुमा एकरुपता ल्याउन र सहकार्यको वातावरण निर्माण गर्न छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहित १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, २ का ज्ञानेन्द्र यादव, ३ का शालिकराम जमरकट्टेल र ४ का हरिबहादुर चुमान, प्रदेश ५ का कुलप्रसाद केसी, कर्णाली प्रदेशका नरेश भण्डारी र प्रदेश ७ का प्रकाश शाह सहभागी छन् ।
- 1Share
1