२० जेठ ०७५, काठमाडौं । सुन तस्करी अभियोगमा फरार आरोपी छिरिङ वाङ्गेल घलेले जिल्ला अदालत मोरङसमक्ष आइतबार आत्मसमर्पण गरेका छन् ।
उनले करिब साढे १० बजे जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।
मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार कार्यालय समयमा अदालतको सम्पर्कमा पुगेलगत्तै उनको बयान लिन सुरु गरिएको छ ।
यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए । गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए ।
गोरको बयान अनुसार छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो ।
- 1Share
1