ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा २५ को मृत्यु, सयौं घाइते 

२१ जेठ ०७५, काठमाडौं । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा २५ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको हो । भने सयौं घाइते भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

ज्वालामुखी विस्फोट भएसँगै त्यसबाट ढुंगाहरु बस्तीमा झर्नुका साथै कालो धुँवा र खरानीले आकाश ढाकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ । आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ ।

ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् । सम्भावित जोखिमबाट जोगाउन मानिसहरूलार्इ सुरक्षित स्थानतर्फ सारिएको छ भने मास्क लगाउन तथा सतकर्ता अपनाउन अपिल गरिएको छ ।

ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालेसले राष्ट्रिय आपतकालिन संयन्त्रलाई सक्रिय भई आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएका छन् । विस्फोटबाट तीनवटा गाउँ पूर्ण रुपमा प्रभावित भएकाले हताहत हुने संख्या बढ्न सक्ने राष्ट्रपतिले बताएका छन् ।

फ्युगो नामक ज्वालामुखी सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत