१७ किलो सुनसहित पक्राउ परेका गुरुङलाई ८ करोड जरिवानासहित १० वर्ष कैद

२१ जेठ ०७५, काठमाडौं । अन्नपूर्ण पदमार्गमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई १० वर्ष छ महिना कैदसहित  ८ करोड १६ लाख १४ हजार ९६० जरिवाना सजाय सुनाइएको छ ।

लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत उक्त सजाय गर्ने फैसाला गरेको हो ।

गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए ।  भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि मुख्य तस्करी भने अझै अज्ञात छन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत