मलेठ घटनाका ५ शहिदहरुको सालिक निर्माण गरिने

२३ जेठ ०७५, राजविराज । मलेठ घटनाका पाँच जना शहिदहरुको एकै ठाउँमा सालिक निर्माण गरिने भएको छ ।

२०७३ फागुन २३  मा तत्कालिन नेकपा एमालेको मेची –महाकाली अभियान विथोल्ने प्रयासको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका संजन मेहता, वीरेन्द्र मेहता, आनन्द साह, पिताम्वर मण्डल र इनरदेव यादवको घटनास्थल मलेठ स्थित शहिद चोकमा सालिक राखिने भएको हो ।

वुधवार राजविराज नगरपालिकाका मेयर शम्भु यादवले सालिक स्थापना स्थलको शिलान्याश गरेका हुन । सरकारले मलेठ घटनामा मारिएका पाँचै जनालाइ शहिद घोषणा गरी सकेको छ ।

कार्यक्रममा मेयर भने यादवले शहिदहरु देशका सम्पत्ति भएकाले हाम्रा सम्पति भएकाले सबैको शहिदहरुप्रतिे संरक्षण र सम्मान गर्नुपर्ने बताए ।

उनले घटनाका ५ शहिदको सालिक शहिद चौकमा राख्ने निर्णय अनुरुप नगरपालिकाले ८१ लाख रुपैयाँको वजेट छुटयाई काम अधि वढाएको र ६ महिनाभित्र सम्पन्न गरिने सक्ने वताए ।

त्यस्तै, राजपाका केन्द्रीय सदस्य अमरनाथ मण्डलले शहिदको सम्मान र शहिद परिवारलाई सहयोग गर्ने विषयमा प्रदेश सरकारले थप विशेष योजना ल्याउनु पर्नेमा जोड दिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत