३३ किलो सुन काण्डः गोरेका सहयोगी राम तिवारी पक्राउ

२२ जेठ ०७५, काठमाडौं ।  ३३ किलो सुन काण्ड र सनम शाक्य हत्यामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती गोरेका सहयोगी राम तिवारी पक्राउ परेका छन् ।

मंगलबार  दक्षिण कोरियाबाट नेपाल फर्केका तिवारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

समिति स्रोतका अनुसार गोरे र अपराध महाशाखाका प्रहरी अधिकारीबीचको टेलिफोन संवादमा गोरेले रकम दिनका लागि रामकुमारलाई प्रयोग गर्ने बताएका थिए ।

तिवारीको भूमिकामाथि समितिले थप अनुसन्धान गरिरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत