राष्ट्रिय पुँजी निर्माण प्रक्रिया थालिएको अर्थमन्त्रीको भनाई

२५ जेठ ०७५, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पुँजी निर्माणको प्रक्रिया थालिएको बताएका छन् ।

आर्थिक ०७५/७६ को बजेटमार्फत् नेपाली अर्थतन्त्रको कोर्स करेक्सन थालेको भन्दै अर्थमन्त्री खतिवडाले बाह्य उत्पादनमा आधारित अर्थतन्त्र, त्यसको आधारमा टिकेको राजश्व संकलन र वित्त व्यवस्था तथा खर्च प्रणालीको दिशा परिवर्तन गर्न चाहेको बताएका हुन् ।

‘मैले यो बजेटबाट कोर्स करेक्सनको बाटो लिएको हुँ’ अर्थमन्त्री खतिवडाले भनेका छन्, ‘सानातिना अन्तर्राष्ट्रिय धक्का आउँदा पनि मुलुक धान्न सकिने अवस्थमा पु¥याउनु पर्छ ।’

उनले कृषि र उद्योगका केही आधारभूत उत्पादनमा आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यतासहित बजेट आएको बताउँदै विदेशी सहायता, ऋण वा अनुदान र रेमिट्यान्सको भरमा राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन नसकिने बताए ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत