२५ जेठ ०७५, ललितपुर । गोदावरी स्थित बडिखेल र बिशंखुनारायणमा बर्डफ्लू भेटिएको छ ।
गोदावरी नगरपालिका-२ महादेव डाँडामा रहेको अनु थापाको कुखुरा फार्म र बडिखेल-४ मा राम प्रसाद पहरीको पोल्टी फार्ममा बर्डफ्लू देखिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले जानकारी दिए ।
बडिखेलमा बर्डफ्लू भेटिएपछि १००० कुखुरा नष्ट कुखुरा नस्ट गरिसकिएको साहले बताए । बर्डफ्लू भएको पत्ता लागेपछि कुखुरा नष्ट गर्नका लागि बर्डफ्लू संक्रमित दुईवटै फार्ममा पशुस्वास्थ्यको टोली परिचालित भएको प्रमुख साहले बताए ।
- 1Share
1