बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगियो

२६ जेठ ०७५, काठमाडौं । बाँसबारीस्थित न्यूरो अस्पतालमा सघन उपचार कक्ष(आईसीयू)मा उपचाररत  बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिएको छ ।

शनिबार डा. देवकोटाले जन्मघर पुग्ने इच्छा ब्यक्त गरेकाले हेलिकप्टरबाट जन्मथलो लागिएको हो । हेलिकोप्टरबाट देवकोटालाई बोहोरा गाउँ पुर्‍याइनेछ र पुर्खौली घरमा केहीबेर राखिनेछ ।

डा. देवकाटाले पुर्खौली घरको पीढिमा बस्ने र सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गरेकाले  जन्मघर लगेर केहीबेरमै फकाइने डा.तारा अधिकारीले जानकारी दिए ।

पित्तथैलीमा समस्या आएपछि पाँच महिनाअघि देवकोटा बेलायतमा उपचार गर्न गएका थिए । क्यान्सर पुष्टि भएपछि नेपालमै उपचार गर्ने इच्छा व्यक्त गर्दै गत वैशाखमा उनी नेपाल फर्किएका थिए । क्यान्सरबाट पीडित देवकोटाको बाँसबासीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार बेलुकीदेखि उनीबारे अप्रिय कुरा सामाजिक सञ्जालमा भाइरल भएपछि न्यूरो अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै देवकोटाबारे सामाजिक सञ्जालहरुमा सम्प्रेषित खबरमा कुनै सत्यता नरहेको र उनको अहिले सघन उपचार भइरहेको प्रष्ट पारेको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत