ईपिएस परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी, नतिजा आसार १६ गते आउने

२७ जेठ ०७५, काठमाडौं । सन् २०१९ को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् ।

८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन दिएकोमा ७४ हजार ८ सय ६६ जनामात्र सहभागी भएको हो । यो वर्ष कोरियाले ७ हाजर १ सय नेपाली कामदार लैजाने गरी कोटा निर्धारण गरेको छ ।

ईपीएस कोरिया शाखाले दिएको प्रारम्भिक तथ्यांक अनुसार फारम भरेका ७ हजार ३ सय ९८ जना परक्षमा अनुपस्थित रहेका छन् । यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो ।

शनिबार र आइतबार भएको परीक्षाको नतिजा आगामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।

ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले यो वर्ष पनि विभिन्न परीक्षा केन्द्रहरुबाट नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना पक्राउ परेको बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत