नेपाल प्रहरीमा ३ र सशस्त्रमा २ जना एआईजी रहने मन्त्रिपरिषद्को निर्णय

२७ जेठ ०७५, काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एआईजीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ३ जना र सशस्त्रमा २ जना एआईजी रहने निर्णय गरेको हो ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माण गरिरहेको गृहमन्त्रालयले प्रहरीको ऐन मस्यौदा निर्माण गर्दा ५ र  सशस्त्रमा ३ जना एआईजी राख्ने प्रस्ताव गरेको थियो ।

मन्त्रिपरिषद् बैठकले नेपालको संघीय संरचना अनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गर्ने निर्णयसमेत गरेको छ । त्यसका लागि ३ हजार १ सय १ दरबन्दी थप गरेको छ। थप गर्न लागिएको दरबन्दीमा १ एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टरका पद छन् ।

हरेक स्थानीय तहसम्ममा प्रहरी संयन्त्र पुर्‍याउनका लागि दरबन्दी थप गरिएको सरकार प्रवक्ता एवं सञ्चार ताथ सूचना प्रविधि मन्त्री गोकुल वाँस्कोटाले बताए ।

यस्तै, नयाँ जिल्लाहरु पूर्वी नवलपरासी र पूर्वी रुकुममा पनि दरबन्दी स्वीकृत भएको छ ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत