विद्यालयमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको घटनास्थलमै मुत्यु, शिक्षकसहित १६ घाइते

२७ जेठ ०७५, सुर्खेत । चिंगाड गाउँपालिका–४ मटेलाको प्राथमिक विद्यालय धनापानीमा चट्याङ्ग पर्दा दुई विद्यार्थीको मुत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

आइतबार बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ्गबाट मेटलाका ७ वर्षीय अम्बरबहादुर चन्द र  ७ वर्षीया निर्मला चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ्गबाट घाइते विद्यार्थीहरूमा लक्ष्मी चन्द, दूरपदा चन्द, तारा कु चन्द, सुरेश चन्द, निरुता चन्द, मीना शाही, निमल चन्द, दिलसरा शाही, हरी ब. चन्द, शिक्षक सूर्यनारायण चौधरी र विद्यालयका कार्यालय सहयोगी ३६ वर्षाीय हरिबहादुर चन्द घाइते भएका छन् ।

मटेल स्वास्थ्य चौकीका प्रमुख घनबहादुर बुढाले घाइतेहरुको स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्काइएको छ भने कक्षा दुईमा अध्ययनरत ६ वर्षीय निर्मल चन्द र पाँच वर्षीया पवित्रा शाहीको स्वास्थ्य चौकी मै उपचार भइरहेको जानकारी दिए ।

जाजरकोटको सीमानजिकै रहेको सो विद्यालयमा कक्षा तीनसम्म पढाई हुने गरेको थियो । विद्यालयमा जम्मा १६ जना विद्यार्थी, एकजना शिक्षक र एकजना कार्यालय सहयोगी रहेका थिए ।

कक्षामा पढाइरहेका बेला टिनको छानमाथि एक्कासी चट्याङ्ग परेपछि दुईजनाको घटनास्थलमै मृत्यु भएको र चट्याङ्गबाट विद्यालयमा समेत क्षति पुगेको स्थानीय समाजसेवी डोरप्रसाद शर्माले जानकारी दिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत