२७ जेठ ०७५, गुल्मी । सरकारले ल्याएको शैक्षिक प्रमाण–पत्र धितोमा विद्यार्थीलाई ऋण दिने कार्यक्रम गुल्मीमा लागू भएको छ ।
जिल्ला युवा समितिको कार्यालय गुल्मीले जिल्लाका ३ वटा युवा समूहलाई प्रतिसमूह ५ लाखका दरले शैक्षिक प्रमाण–पत्र धितोमा ऋण दिइएको हो ।
जसमा मसिकोट नगरपालिका-७ को सालिमे उन्नत पशुपालन तथा दुग्ध उत्पादन समूह, छत्रको गाउँपालिका-१ को इन्द्रेणी बहुउद्देश्यीय युवा कृषक समूह र कालीगण्डकी गाउँपालिका-६ को उर्लेनी बहुउद्देश्यीय युवा कृषक समूह रहेका छन् ।
कार्यक्रममा समूहका अध्यक्षलाई जिल्ला युवा समिति गुल्मीका अध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले चेक र व्यानर दिएर हस्तातरण गरेका थिए ।
युवालाई केही गर्ने उदेश्यले ५ वर्षसम्म बिना जमानत ऋण दिइएको जिल्ला युवा समिति अध्यक्ष राजेन्द्र बिक्रम कुँवरले बताए । युवाहरुको लागि प्रस्ताव आब्हान गरिएको थियो ।
- 1Share
1