३३ किलो सुन प्रकरण, छानबिन समितिद्वारा आरके ज्वेलर्समा छापा

२८ जेठ ०७५, काठमाडौं । गृहमन्त्रालयबाट गठित छानबिन समितिले साढे ३३ किलो सुन तस्करी प्रकरणमा न्यूरोड र दरबारमार्गस्थित आरके ज्वेलर्समा छापा मारेको छ ।

सोमबार दिउँसो सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले आरके ज्वेलर्सका दुवै पसलमा छापा मारेको हो ।

तस्करीको सुन किनेको आरोपमा आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई समितिले यसअघि नै मोरङ अदालतको आदेशमा हाल थुनामा राखिएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत