विमानस्थलमा विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि सरकारले देखायो चासो

२९ जेठ ०७५, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित विद्युत् आपूर्तिमा देखिने समस्या समाधानका लागि चासो देखाएका छन् ।

मंगलबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई मन्त्रालयमा बोलाएर विद्युत आपूर्तिमा बेलाबखत देखिने समस्या समाधानका लागि निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनाधिकृत वा गैरकानुनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने बताए ।

मन्त्री थापाले कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिँदै भने- ‘कुन स्थानमा कस्तो समस्या छ, त्यसको पहिचान गरी अत्यावश्यक क्षेत्रमा नियमित र कुनै पनि समस्या आउँदासमेत विद्युत् कटौती नहुने प्रबन्ध मिलाउनुस् त्यसका लागि आवश्यक परेको विषयमा सरकारले सहयोग गर्छ ।’

निर्देशक घिसिङले कहिलेकाहीँ  ‘भोल्टेज’ मा समस्या आउँदा  सामान्य समस्या आउन सक्ने भएकाले त्यसलाई समाधान गर्न प्राधिकरण क्रियाशील रहेको बताए ।

समस्या समाधानका लागि प्राधिकरणले विशेष स्थान अस्पताल, विमानस्थल तथा अत्यावश्यक क्षेत्रमा कुनै पनि समय विद्युत् आपूर्तिमा समस्या आउन नदिन हँदैसम्मको प्रयास भइरहेको घिसिङ उनले बताए ।

घिसिङले गृहमन्त्री थापालाई  विद्युत् चुहावट नियन्त्रणका लागि गृहमन्त्रालयलको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत