संवैधानिक परिषदको बैठक आज बस्दै, प्रधान न्यायाधीशको नाम सिफारिस गरिने

२९ जेठ ०७५, काठमाडौं । प्रधान न्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।

दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेकाले परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।

प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ ५ बजे परिषद बैठकको बोलाएका छन् । परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले बरिष्ठताका आधारमा क्रमशः दिपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

संवैधानिक परिषदमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिनिधिसभामा विपक्षी दलको नेता, प्रतिनिधिसभाको उपसभामुख र  प्रधानन्यायाधीशको पद रिक्त रहेको अवस्थामा नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषदमा कानुन तथा न्यायमन्त्री सदस्यको रुपमा रहने संवैधानिक व्यवस्था छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत