जडिबुटीमा टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक को मृत्यु, एक घाइते

३० जेठ ०७५, काठमाडौं ।  जडिबुटीमा टिप्परले बाट स्कुटरलाई ठक्कर दिँदा  एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

बुधबार  करिव १२ बजेतिर बा ४ ख ३५५८ नम्बरको टिप्परले ७० प ९३९९ नम्बरको  स्कुटरलाई ठक्कर दिँदा स्कुटमा सवार काभ्रेका अस्मिता भण्डारीको घटनास्थलमै भएको हो ।

घाइते आशिस जोशीको  ललितपुर ग्वार्कोस्थित बिएन्डबी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनीहरु श्रीमान श्रीमती रहेको खुल्न आएको छ ।

आक्रोशित सर्वसाधारणले टिप्परमा आगजनी गरेका छन् । टिपरमा लगाईको आगो काठमाडौंबाट गएका दुईवटा दमकलले नियन्त्रणमा लिएका छन् ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर तिनकुने वृत्तमा राखिएकाे छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत