अनुसन्धान समितिद्वारा ‘बाजेको सेकुवा’ मा शिलबन्दी

३० जेठ ०७५, काठमाडौं । गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले ‘बाजेको सेकुवा’ रेष्टुरेन्टमा  शिलबन्दी गरेको छ ।

बुधबार साढे ३३ किलोसँगै तस्करीको ३८ क्विन्टन सुन प्रकरणमा समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा रहेका ५ र उनका सालो सञ्चालक रहेको एउटा गरी ६ वटा रेष्टुरेन्टमा कारोबार रोक्का गर्दै शिलबन्दी गरेको हो ।

संगठित अपराध, मानव हत्या लगायतको मुद्दाका फरार प्रतिवादी भण्डारीको स्वामित्वमा रहेका पाँच बाजेको सेकुवा शिलबन्दी गर्ने प्रक्रिया सुरु भएको र अन्य पाँचमाथि अनुसन्धान भइरहेको छानबिन समितिका संयोजक ईश्वरीराज पौडेलले जानकारी दिए ।

उनले भने  ‘भण्डारीको पूर्ण स्वामित्वमा रहेका पाँचवटा बाजेको सेकुवा ब्रान्डका रेष्टुरेन्टमा शिलबन्दीको प्रक्रिया सुरु भइसकेकाले अन्य पाँचमाथि अनुसन्धान गर्दैछौँ ।’

बाजेको सेकुवा रेष्टुरेन्टका मालिक भण्डारीलाई फरार प्रतिवादी बनाएर मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत