बागलुङको अर्गलमा जीप दुर्घटना, २ को घटनास्थलमै मृत्यु २ घाइते

३१ जेठ ०७५, हरिचौर  । बागलुङको अर्गलमा जीप दुर्घटना हुँदा २ को घटनास्थलमै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

बिहीबार घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गर्दा ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ताराखोला गाउँपालिका – ३ का वडा सदस्य २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरीको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए ।

दुर्घटनामा जीप चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएको र उनीहरुलाई प्राथमिक उपचार केन्द्र हरिचौरमा ल्याईएको डिएसपी थापाले बताए ।

जीप सडकबाट झण्डै ६ सयमिटर तल खसेको तर दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत