बिमेस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ गते काठमाडौं हुने

३१ जेठ ०७५, काठमाडौं ।  बिमेस्टेकको चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौं आयोजना हुने भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको मिति सदस्य राष्ट्रले अनुमोदन गरेको बताए ।

सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिम्स्टेक)मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिमेस्टेक)को  सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत