मूल्यवृद्धि विरुद्ध नेकपा (वैद्य, विप्लप र कट्टेल)को संयुक्त बिरोध प्रदर्शन

३१ जेठ ०७५, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा राजधानीको शान्तिबाटिका रत्नपार्कमा बिरोध प्रदर्शन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओबादी), नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र नेपाल कम्युनिष्ट पार्टी (ऋषिराम कट्टेल) को संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग राख्दै  बिरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर, बढ्दो मंहगी नियन्त्रण गर, भ्रष्टचारी र काला बजारीलाई कारबाही गर, राज्य आतंक धरपकड बन्द गर’ जस्ता नारा लगाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत