विश्वकप फुटबल आजबाट सुरु हुँदै

३१ जेठ ०७५, काठमाडौं । आजदेखि विश्वकप फुटबल रसियामा  सुरु हुदैँछ ।

बिहीबारदेखि राजधानी मस्कोस्थित राष्ट्रिय रंगशाला लुझनिकी स्टेडियममामा सुरु हुने उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन् ।

विश्वकप फुटबलमा  ३२ राष्ट्रले सहभागिता जनाउँदैछन् । एक महिनासम्म चल्ने विश्वकप फुटबलमा ६४ खेल हुनेछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ ।

प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागि हुदैँछन् ।विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन् भने उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।

प्रतियोगितामा सहभागि हुन अधिकाशं देशका खेलाडी रसिया पुगिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत