‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ को ताज रुची धितालले जितिन्

३१ जेठ ०७५, काठमाडौं । सिजन मिडियाले आयोजना गरेको ‘ह्वाइट हाउस एसएलसी प्रिन्सेस २०१८’ को ताज  रुची धितालले जितेकी छिन् ।

बुधबार साँझ आयोजना गरिएको प्रतियोगितामा धनकुटाको तुलसी मेहर स्कुलबाट एसइई परीक्षा दिएकी  १६ वर्षीय धितालले २४ प्रतियोगीहरुलाईपछि पार्दै ताज जितेकी हुन् ।

काठमाडौंको रोजवर्ड स्कुलवाट एसइई दिएकी कृष्टिना वन्तले फष्ट रनरअपको ताज हात पारिने भने सेकेण्ड रनर अपको ताज पुष्पसदन स्कुलवाट एसइइ दिएकी पाल्मा लामाले जित्न सफल भइन् ।

प्रतियोगितामा विजेता रुची धितालले ह्वाइट हाउस एसएलसी प्रिन्सेज २०१८’ कोे ताज र उपाधि सहित ल्यापटप र ह्वाइट हाउस इन्टरनेशन केलेजको तर्फबाट उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्राबृत्तिका साथै विभिन्न उपहारहरु हात परिन ।

त्यस्तै,  फस्ट रनर अप र सेकेण्ड रनर अपले भने लाभा स्माट मोवाइल फोन र नामी कलेज र क्याम्पीयन कलेजमा रु १ लाख बराबरको छात्राबृत्तिका साथै  ३ जना विजेताले ५ दिने बैङ्कक भ्रमणको अवसर पाए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल एयरलाइन्सका वोर्ड डाइरेक्टर अच्युत राज पहाडी, क्याम्पीयन एकाडमीका सिनियर कोओडीनेटर रिजेश श्रेष्ठ, सेफ्टी सेनेटरी प्याडकी व्राण्ड म्यानेजर स्वणीमा राजभण्डारी, सुभतारा स्कुलका शिक्षक प्रेम गुरुङ, सिम्रीक एयरलाइन्सकी चिफ एयर होस्टेज अस्मीता खनाल र कान्तिपुर टिभिका सन्चारकर्मी गिता श्रद्धा अर्याल रहेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत