प्रदेश लोक सेवा आयोगको नेतृत्व सहसचिवले गर्ने

१ असार ०७५, काठमाडौं । सरकारले सात प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना गर्ने भएको छ ।

६८ वर्षमा प्रवेश गरेको लोकसेवा आयोगको संघीय संरचना तयार गरी कार्यविभाजन गरी सातै प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना हुनेछन् र त्यसका कर्मचारीहरुको नेतृत्व सहसचिवले गर्नेछन् ।

विगतमा अञ्चलमा रहेका कार्यालयहरु अब ‘परीक्षा व्यवस्थापन कार्यालय’को रुपमा रहन्छन् । ती कार्यालयहरुले साविककै जिल्लाहरु हेर्नेछन् ।

यी कार्यालयले प्रदेश लोकसेवा आयोग र संघीय लोकसेवा आयोगसँग समन्वय गरेर संघीय निजामती सेवाका लागि परीक्षा सञ्चालन गर्छ । साथै त्यसको विधि प्रक्रिया सिकाउने काम पनि सो कार्यालयले गर्नेछ ।

लोकसेवा आयोगका कार्यालयहरूको कार्यविभाजन पनि गरिएको छ ।  अब संघीय लोकसेवा आयोगले सहसचिव र उपसचिवको परीक्षा मात्र केन्द्रले लिनेछ । शाखा अधिकृत र सुब्बा सरहको परीक्षा प्रदेश लोकसेवाहरूले गर्नेछन् । जिल्लास्तरमा रहने कार्यालयहरूले कार्यक्षेत्र निश्चित गरी खरिदार वा सो सरहका परीक्षा लिनेछन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत