बजेटको मर्मलाई बुझेर प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन

२ असार ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले नेकपाका सांसदलाई बजेटको मर्मलाई बुझेर प्रस्तुत हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार प्रधाननमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको संसदीय दलको बैठकमा सबै क्षेत्रका जनता र प्रतिनिधिका आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न निर्देशन दिएका हुन् ।

उनले परिस्थितिलाई ध्यानमा राखेर संयमित अभिव्यक्ति दिन सांसदहरुलाई आग्रह गर्दै बजेटमा समावेश गर्नुपर्ने योजना तथा भएका त्रुटीहरु भविष्यमा छलफल गरी सच्याउँदै र थप्दै लैजान सकिने बताए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेतासहित सहभागी बैठकमा करीब ५० सांसदले बोल्नका लागि नाम टिपाएको थिए ।

यसैबीच, संसदीय दलको बैठकपछि आजै नेकपाको सचिवालय र स्थायी कमिटीको बैठक बस्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत