अरुण तेस्रो सुरुङमा पुरिएका ४ जनाको जीवितै उद्दार

३ असार ०७५, संखुवासभा । अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार गरिएको छ ।

आइतबार बिहान साढे ११ बजेतिर  बेपत्ता भएका ४ जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले जीवितै उद्दार गरेको हो ।

शुक्रबार राति करिब ८ः४० बजे पहिरो खस्दा सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा र भारतकै बिहारका ४५ वर्षीय नन्क किशोरको उद्दार गरी प्रारम्भिक स्वास्थ्य परीक्षण थालिएको संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।

शनिबार दिनभरि ४ वटा स्काभेटरले पहिरो पन्छाएका थिए तर, फसेकालाई निकाल्न सकिएको थिएन  ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत