४ असार ०७५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर प्रस्थान गरेका छन् ।
प्रचण्ड श्रीमती सीता दाहालको उपचारको लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड, उनकी पत्नी सीता र छोरी गंगा दाहाल सिंगापुर प्रस्थान गरेका छन् ।
सुगर, प्रेसरका समस्याबाट पीडित उनलाई छोरा प्रकाशको असामयिक निधनपछि झन् रोगले च्यापेको थियो ।