नेपाली कामदार श्रम सम्झौता नहुँदासम्म मलेसिया नपठाउने

७ असार ०७५, काठमाडौं ।  सरकारले श्रम सम्झौता नभएसम्म मलेसियामा नेपाली कामदार नपठाउने तयारी गरेको छ ।

पटक-पटक छलफल भएर पनि टुंगोमा पुग्न नसकेको मलेसियासँगको श्रम सम्झौतामा अब हस्ताक्षर नभएसम्म कामदार नपठाउने आन्तरिक गृहकार्यमा सरकारले जुटेको हो । यद्यपी अन्तिम स्वीकृतिको प्रक्रियामा रहेकाको हकमा भने विशेष निर्णय गर्ने योजना बनाएको छ ।

श्रम, रोजगार र सामजिक सुरक्षा मन्त्रालयले हाल अवैध र एकपक्षीय रुपमा उठाइँदै आएको शुल्कहरु खारेज नगरेसम्मका लागि भन्दै मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन रोकेको थियो ।

सम्झौताका लागि नेपालले राखेका विभिन्न मागमा मलेसिया सरकारले उदाशीनता देखाउँदै आएको छ । कामदारको हितमा रहने गरी श्रम सम्झौता गर्ने सरकारको अडानमा मलेसिया सरकारले पूर्णसहमति जनाइसकेको छैन ।

मलेसियासँग धेरैपटक श्रम सम्झौताका लागि छलफल भएका छन् । दुई पक्षले सम्झौताको मस्यौदा आदान-प्रदान गर्ने क्रम लामो समयदेखि चलिरहेको छ । सम्झौतामा कामदारको न्यनतम् तलब, सुविधा, बीमा, सुरक्षा, लागतसहित रोजगारदाताको र सम्बन्धित देशको जिम्मेवारी लगायतका विषय समेटिएका हुन्छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत