सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु

७ असार ०७५, सप्तरी ।  हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित घरमा निर्माण सम्बन्धी काम गर्ने क्रममा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।

बिहीबार  भारदहस्थित गायक उदितनारायण झाको घर-निर्माणसम्बन्धी काम गर्ने क्रममा भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको हो ।

नयाँ घरको निर्माण गर्ने क्रममा रड सिधा गर्न खोज्दा रड ३७ हजार भोल्ट भएको विद्युतीय तारमा छोए लगत्तै करेन्ट लागेर भटनिया निवासी २५ वर्षीय सञ्जीतकुमार यादव घाइते भएलगत्तै उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल पठाउने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत