ब्राजिलले कोष्टारिकालाई २- ० ले हरायो

८ असार ०७५, काठमाडौं । फिफा विश्वकप फुटबलको समूह ई को खेलमा ब्राजिलले कोष्टारिकालाई पराजित गरेको छ ।

शुक्रबार पिटर्सवर्ग स्टेडियममा भएको खेलमा ब्राजिलले इन्जुरी समयमा दुई गोल गर्दे कोष्टारिकालाई पराजित गरेको हो ।

ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हुन् ।

समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबरी खेलेर दबाबमा रहेको ब्राजिलले शुक्रबार संघर्षपूर्ण जित निकाल्दै आफूलाई समूह ईमा अंक तालिकाको शीर्ष स्थानमा पु¥याएको छ

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत