आज एसईईको नतिजा प्रकाशित हुने

९ असार ०७५, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशित गर्न लागेको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिए ।

शनिबार दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक बोलाइएको छ भने ४ बजे पत्रकार सम्मेलन गर्ने नियन्त्रक रेग्मीले बताए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत