गैँडाकोटमा बसले ट्रकलाई ठक्कर दिँदा १५ यात्रु घाइते

९ असार ०७५, नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटमा बसले ट्रकलाई ठक्कर दिँदा १५ जना यात्रु घाइते भएका छन् ।

शनिबार बिहान ४ः३० बजे पूर्व‐पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना ६ ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना ६ ख ४१६ नं को बसले ठक्कर दिएको हो ।

ठक्करबाट बसमा सवार १५ जना यात्रु घाइते भएका छन् । उनीहरुको उद्दार गरेर पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत