३३ किलो सुन प्रकरण: ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी

८ असार ०७५, काठमाडौं । ३३ किलो सुन तस्करका ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।

मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।

प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

संगठित सुन तस्करीमाथि अनुसन्धान सुरु हुने बित्तिकै फरार भएका अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अग्रवालको घरमा भने समितिले २५ जेठमा डिल्लीबजारस्थित छापा मारेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत