दक्षिण एसियास्तरीय मुसहर अगुवाहरुको सेमिनार जनकपुरमा

१० असार ०७५, जनकपुर । दक्षिण एसियास्तरीय मुसहर समुदायका अगुवाहरुको सेमिनार जनकपुरधाममा सुरु भएको छ ।

दुई दिनसम्म चल्न सेमिनारमा नेपाल, भारत र बगंलादेश बाट २५० जना मुसहर अगुवाहरु सहभागिता रहेका छन् ।

नेपाल, भारत र वगंलादेश गरी लगभग १ करोड भन्दा बढी जनसंख्या रहेको मुसहर समुदाय पुस्तौदेखि चरम गरीबी, अन्याय, अभाव, रोग, भोक र शोकको अवस्थामा जीवन जीउन बाध्य रहेकाले अधिकारको लागि दक्षिण एसियास्तरीय मुसहर अगुवाहरु संगठित भएका भोरका अध्यक्ष राजकुमार महतोले बताए ।

यस्तै, मुसहर समुदायको समग्र उत्थानको अभियानलाई अझ सशक्त बनाउन र उनीहरुको मुद्धालाई अन्तर्रा्ष्ट्रियस्तरमा मजबुतका साथ अगाडि बढाउन मुसहर समुदायको संयूक्त अन्तर्राष्ट्रिय संजालको स्थापना गर्ने सेमिनारको प्रमुख उदेश्य रहेको भोरका अध्यक्ष महतोले बताए ।

मुसहर समुदायबाट विभिन्न क्षेत्रमा विभिन्न कार्य गरी इतिहास बनाउने ११ व्यक्तिहरुलाई पायोनियर सम्मान प्रदान गरिने काय्रक्रम समेत रहेको अध्यक्ष महतोले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत