समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना

१० असार ०७५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा मन्त्रालयले सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाइ कारबाही प्रक्रिया सुरु गरेको हो ।

मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सम्पत्ति विवरण नबुझाएका १ हजार ८ सय ३ र मातहतका १ सय ८७ कर्मचारीहरूको नामसमेत सार्वजनिक गरेको छ ।

१५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीय र कार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत