लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिनुपर्छ – गृहमन्त्री थापा

१२ असार ०७५, ललितपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागूऔषध विरुद्धको अभियानलाई आन्दोलनकै रुपमा लिने बताएका छन् ।

मंगलबार ललितपुरमा लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तर देखिनै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै रुपमा सुरु गर्न लागेको बताए ।

कार्यक्रममा मन्त्री थापाले लागुऔषध निषेध र मदिरा नियन्त्रणको आन्दोलन सरकार एक्लैको प्रयास वा नेताको प्रयासले मात्रै नहुने भएकाले आन्दोलनमा सम्पूर्ण जनताको साथ आवश्यक रहको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले राजनीतिक उपलब्धि हासिल गर्न जसरी दलहरुले संयुक्त आन्दोलन गरेका थिए त्यसैगरी विकास र समृद्धिका लागि समेत संयुक्त आन्दोलन जरुरी रहेको बताउँदै आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।

त्यस्तै, लागुऔषध कारोबारीहरुलाई नियन्त्रण गर्न सुरक्षा संयन्त्रले पनि आफ्नो कार्यशैलीलाई सुधार गर्न सुधार आवश्यक रहेको बताउँदै गृहले लागु औषध निषेधलाई गम्भीरताका साथ लिई मुलभूत कार्यभारको रुपमा लिएको जानकारी दिए ।

लागुऔषधको कारोबार, प्रयोग र ओसारपसार नियन्त्रण मात्र नभई पूर्ण रुपमा निषेध गर्ने तथा लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्ने लक्ष्य लिएकोले सरकारले विकासका लागि ५/१० वर्षको योजना बनाए जस्तै गृहमन्त्रालयले लागुऔषलधलाई पूर्ण रुपमा निषेध गर्ने समयवद्ध योजना बनाएको बताए ।

गृहमन्त्री थापाले लागुऔषध निषेध सरल गर्न सरल नभएको तर सम्भव रहेको बताउँदै विगतमा जस्तो सामान्य अभियान चलाएर मात्रै यो सम्भव नभएकाले यसलाई आन्दोलनकै रुपमा अघि लैजानुपर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत