सस्तोमा जग्गा नदिएको निहुमा कुटपिट गर्ने दुई महिला ६ महिना जेल चलान

१४ असार ०७५, दाङ । सस्तोमा जग्गा नदिएको निहुमा अर्घाखाँचीकी दिलमाया पुनलाई सडकमा ल्याएर नाङ्गै बनाई निर्घात कुटपिट गर्ने दुई महिलालाई ६ महिना जेल चलान गरिएको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय दाङले जनही ६ महिना कैद र २५ हजार रुपयाँ जरिवाना तोकेको हो ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले सितगंगा नगरपालिका–९ठाडोखोला अर्घाखाँचीकी ३९ वर्षीया दिलमाया पुनलाई कुटपिट गर्ने राप्ती गाउँपालिका–१ भालुबाङकी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्तालाई सजायको फैसला गरेका हुन् ।

रेखा र अनितालाई सस्तोमा जग्गा दिन नसक्ने बताएपछि उनीहरुले दिलमायालाई गत जेठ २५ गते भालुबाङको निर्माणाधीन सार्बजनिक बसपार्कमा लछारपछार गर्दै लखेटी लखेटी कुटपिट गरेका थिए ।

अहिले दुवैजनालाई तुलसीपुर कारागारमा कारागार चलान गरिएको छ । दुवै पक्षलाई फैसलामा मञ्जुर नभए पुनरावेदन समेत गर्न सक्ने व्यवस्था रहेको प्रजिअ श्रेष्ठले बताए ।  घटना घटेको केही दिनमै प्रहरीमा उजुरी परेपछि कारबाहीका लागि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत