धान दिवसको अवसरमा कृषकमात्रै नभई नेतादेखि सेलिब्रेटीसम्म रोपाइँमा

१५ असार ०७५, काठमाडौं । आज असार १५ देशैभरि धान दिवस मनाइँदै छ । आज दही र चिउरा खाँदै धान रोप्ने प्रचलन छ ।

धान दिवसको अवसरमा कृषकमात्रै नभई नेतादेखि सेलिब्रेटीसम्म खेतको हिलोमा पसेर बाउसे गर्नेदेखि धान रोप्नसम्म भ्याएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौँको बूढानिलकण्ठमा र विभागीय अर्थात् कृषि मन्त्री चन्द्रदेव खनालले कपिलबस्तुको तिलौराकोटमा किसानसँग धान रोपेका हुन् ।

कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको खरिपाटीमा र सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले झापाको कमल गाउँपालिकास्थित एक कृषकको खेतमा धान रोपे ।

त्यसैगरी चावहिल–साँखु सडक खण्डको जोरपाटीमा अभिनव साहित्य समाजको अगुवाईमा साहित्यकारहरुले सडकमै धान रोपेका छन् ।

चावहिल–साँखु सडक खण्डको विस्तार कार्य अगाडि बढाइए पनि दुई वर्षदेखि यो क्षेत्रको आवागमन अवस्था अस्तव्यस्त भएकाले व्यङगात्मक तरिकाले साहित्यकारहरु मिलेर रचनासहित सडकमै कविता वाचन गर्दैै धान रोपाइँ गरेका थिए । कार्यक्रममा ५१ जना कवि कवयित्री र सयौं संख्यामा सर्वसाधारण सहभागी थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत