१५ असार काठमाडौं । ललितपुरको कोन्ज्योसोम गाउँपालिकास्थित भारदेउमा बस दुर्घटना भएको छ ।
लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ नं.को बस लेले–चन्दनपुर सडकखण्डको भारदेउमा दिउसो करिव ४ः५० तिर दुर्घटना भएका हो ।
महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए ।
डिएसपी रेग्मीलले बसमा सवार ३५ जना यात्रु रहेको र २३ जना घाइतेलाई उद्धार गरी आनन्दवन अस्पतालमा उपचारको लागि ल्याइएको र केहीलाई उद्धार गर्ने क्रम जारी रहेको बताए । उनले एक जनाको अवस्था गम्भीर रहेको र घटनाको प्रकृति हेर्दा धेरै हताहत हुने सम्भावना रहेको बताए ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।