१५ असार ०७५, राजविराज । कोशी टप्पु वन्य जन्तु आरक्षको अर्नाको आक्रमणमा परी सप्तरीकी एक महिला घाइते भएकी छिन् ।
गाई चराउन गएकीकञ्चनरुप नगरपालिका ४ जगतपुरकी ६० वर्षीया कौशल्यादेवी पासवान अर्नाको आक्रमणमा परी घाइते भएकी हुन् ।
उनलाई अर्नाले आक्रमया गर्दा शरीरको विभिन्न ठाउँमा चोट पटक लागेर रक्ताम्य भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । उनको कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा उपचार भइरहेको छ ।