जुम्ला पुगेका डा. केसीलाई पक्राउ, हिरासतमै अनसनमा

१६ असार ०७५, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार प्रहरीले डा. केसीलाई जिल्ला प्रशासन कार्यालय अगाडिबाट अनसन नबस्दै पक्राउ गरेको हो । केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन् ।

डा. केसी शुक्रबार चिकित्सा शिक्षा विधेयक मेडिकल माफियाको पक्षमा आएको भन्दै सच्याउन माग गर्दै अनसन बस्न जुम्ला गएका थिए ।
प्रशासन कार्यालय अगाडि डाक्टर केसीका समर्थकहरुले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठी चार्ज गर्दा लाठीर्चार्जबाट देवेन्द्र शाही र राजबहादुर महत घाइते भएका छन् ।

शनिबारदेखि अनसन बस्नका लागि जुम्ला पुगेका केसीको अनसनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले कर्णाली प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयबाट २ सय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत