सुनमा धातु मिसावट गरेको पाइएपछि बर्दियाका १२ व्यवसायी पक्राउ

१७ असार ०७५, काठमाडौं । प्रहरीले बर्दिया जिल्लाका विभिन्न स्थानबाट १२ जना सुन चाँदी व्यवसायीलाई पक्राउ गरेको छ।

सुनमा धातु मिसावट गरेको भेटिएपछि १२ जना व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बर्दिया अन्र्तगतको अनुगमन समितिले संकलन गरेको सुनको नमूना परीक्षणका क्रममा सुनमा ८ प्रतिशतसम्म विभिन्न धातु मिसावट गरेको भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए ।

प्रजिअ कुरुम्बाङ्गले कालो बजारी, ठगी नियन्त्रण गर्दै नागरिकको हित संरक्षण गर्न प्रतिवद्ध रहेकोले बर्दियामा बजार अनुगमन कार्यलाई तिव्रता दिइएको बताए ।

उनीहरुलाई कालोबजारी तथा केही सार्वजनिक अपराध तथा सजाय ऐन २०३२ अन्र्तगत पक्राउ गरी थप अनुसन्धानपछि कारवाही प्रक्रिया अघि बढाइने छ ।

पक्राउ परेका सुन व्यावसायीहरुको नामवली
१. पर्वत मनिषा सुनचाँदी पसलका शिवबहादुर सुनार
२. स्याङ्जा सुनचाँदी पसलका संचालक संगिता सुनार
३. सिता सुन चाँदी पसलका सीता सुनार
४. पोखरा सुनचाँदी पसल त्रिभुवन सुवर्णकार
५. मोडेल सुनचाँदी पसलका इन्द्रमान सुनार
६. गण्डकी सुनचाँदी पसलका यमलाल विश्वकर्मा
७. फुलराम ज्वैलर्सका परशुराम सुनार र निमप्रकाश सुनार
८. लुम्बिनी सुनचाँदी पसलका भगवान शरण सोनी
९. दंगाली सुनचाँदी पसलका कविराम विक
१०. राप्ती लुम्बिनी सुनचाँदी पसलका भीमबहादुर सेन्चुरी
११. गण्डकी सुनचाँदी पसलका ईश्वरकुमार विश्वकर्मा
१२. न्यु स्याङ्जा गण्डकी सुनचाँदी पसलका सञ्चालक विजयलक्ष्मी सुनार र सन्तोषी सुनार

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत