राजविराज विमानस्थल सञ्चालनमा, बाटोका कारण यात्रुलाई सास्ती

१८ असार ०७५, राजविराज । वर्षौदेखि अलपत्र अवस्थामा रहेको राजविराज विमानस्थल सञ्चालनमा आएपनि विमानस्थल जाने बाटो जीर्ण भएको कारण यात्रुले सास्ती खेप्नु परेको छ ।

राजविराजवाट ४ किलोमिटर टाढा विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थलसम्म पुग्ने करिव १ किलोमिटर सडकवाटो समयमै मर्मत सम्भार नगर्दा वर्षाका कारण अत्यन्तै जिर्ण र जोखिमपुर्ण भएकाले यात्रु र उनका आफन्त सास्ती भोग्न वाध्य भएका छन् ।

राजविराज एयरपोट र जीर्ण सडक ।

सडक हिलाम्मे भएपछि पैदल यात्री, साईकल र मोटरसाईकल चढेर विमानस्थलसम्म पुग्न असम्भव जस्तै भएको छ । वाटो अत्यन्तै जिर्ण भएका कारण विगत ७ दिन यता मोटरसाईकल चालक र पछाडि सवार ६ जना लडेर घाईते भएका छन् ।

सरकारले ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुपैयाँ खर्चेर विमानस्थलको कच्ची धावनमार्गलाई पक्कीमा परिणत गराई विमान सेवा सुरु गरेपनि त्यहासम्म पुग्ने एक मात्र बाटो समयमै वनाउन नसक्दा हात्ति छिर्यो पुछर अड्यो भने जस्तै भएको नागरीक सञ्जालका अध्यक्ष सुखराम यादवले बताए ।

धावन मार्ग पिच भएपछि असार १० देखि श्री एयरलाईन्सको ९एएएमए को ५० सिटे क्षमता भएको जहाजले नियमित उडान सेवा सुरु गरेको एक साता भन्दा वढि समय वितिसकेको छ ।

उद्योग वाणिज्य संघ सप्तरीका वरिष्ठ उपाध्यक्ष शंकर दासले जिल्लावासीलाई यो हिलाम्मे सडकमा कष्टपुर्ण यात्रा गराउन वाध्य पार्ने सरकार दोसी रहेको वताए । विमान सेवा सुरु गर्नु अगावै सडक निर्माण कार्य पुरा हुनुपर्ने थियो’ उनले भने, ‘तर, यसतर्फ वेलैमा ध्यान नदिनु सरकारको अकर्मन्यता हो ।’

राजविराज नागरिक उड्डयन कार्यालयका प्रमुख ज्योतिप्रकाश साहले ढिलै भएपनि सरकारले सो सडक निर्माणका लागि चासो देखाउँदै टेण्डर प्रकृया अघि वढाएको र सोको ठेक्का सप्तरीको अमरावती निर्माण सेवाले पाएको वताए ।

एक करोड २४ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का पाएको सो निर्माण कम्पनीका संचालक रामानन्द यादवले आफुलाई ठेक्का परेपनि ब्यवस्थापकले सम्झौताका लागि हालसम्म नबोलाएकोले निर्माण कार्य सुरु गर्न नसकेको बताए । उनले भने–‘सम्झौतै भएको छैन, कसरी निर्माण कार्य सुरु गर्ने ?’

उनले टेण्डरमा कवुल गरे अनुसारको धरौटी वापतको रकम १९ लाख ८२ हजार लिएर २÷२ पटक सम्वन्धित ठाउँमा पुगेपनि हाकिम बाहिर गएको भनि जवाफ पाएको र त्यसै कारणले सम्झौता हुन नसकेको वताए ।

  •  
    2
    Shares
  • 2
  •  
  •  
  •  

तपाइको मत