१९ असार ०७५, काठमाडौं । कतारको विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका १७ जना नेपालीले आममाफी पाएका छन् ।
इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमदानको अवसरमा कतार सरकारसँग गरिएको अपिल अनुसार १७ जना नेपाली कैदीले आममाफी पाएका हुन् ।
दोहास्थित नेपाली राजदुतावासले विज्ञाप्ती जारी गरी १७ जनाले आममाफी पाएको जानकारी गराएको छ ।
दूतावासका अनुसार बाँकी २९ जना कैद भुक्तानीको क्रममा रहेका छन् । उनीहरुलाई पनि आममाफीका लागि पहल भइरहेको कतारस्थित नेपाली राजदुत रमेश कोइरालाले जानकारी दिए ।
- 1Share
1