संघर्ष समितिले बुझाए ९ बुँदे ज्ञापन पत्र

१९ असार ०७५, राजविराज । महादेवा गाउँपालिकाका अध्यक्षलाई नेपाल कम्प्युनिष्ट पार्टीका जनपरिचालन तथा संघर्ष समितिले नौ बुँदे ज्ञापन पत्र वुझाएका छन् ।

मगंलवार जनपरिचालन तथा संघर्ष समितिले  महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवलाई गाउँपालिका कार्यालय वडा नम्वर ६ स्थित कार्यालयमा ९ बुँदे ज्ञापन पत्र वुझाएका हुन ।

ज्ञापन पत्रमा गाउँपालिका परिषद्द्धारा स्वीकृत योजनाहरुको विस्तृत विवरण उपलव्ध गराउनु पर्ने, योजना कार्यान्वयन भइरहेको स्थानमा विस्तृत विवरण सहितको सुचना वोर्ड राख्नु पर्ने, लागत ईस्टिमेट अनुसार काम हुनुपर्ने नभए स्वीकृत गरी वजेट निकासा गर्नेलाई कारवाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी गापा तथा वडाको छुट्टाछुट्टै मास्टर प्लान (दीर्घकालीन, मध्यकालीन, तत्कालीन) योजनाहरु निश्चित मापदण्ड सहितको वनाउनु पर्ने, डाढा वडा नं. ४, दुर्गापुर वडा नं. ५ मा देखिएको बाटाका समस्याहरु तुरुन्त हल गर्नुपर्ने, योजनाहरु छनौट गर्दा राजनैतिक दल, संघ, संस्था, चुनावमा प्रतिस्पर्धा गरेकाहरु सहित सम्पुर्ण जनसमुदायलाई सहभागी गराउनु पर्ने, उपभोक्ता समितिहरु निर्माण गर्दा वा कुनै संस्थालाई छनौट गर्दा निश्चित मापदण्ड बनाइ पारदर्शी ढंगले छनोट गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

दिपेन्द्र माझीको नेतृत्वमा देवरामप्रसाद यादव, राजाराम यादव, विश्वनाथ यादव, सुरेन्द्र यादव लगायतको उपस्थितीमा ज्ञापन पत्र बुझाएका थिए ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत