ट्रकलाई मोटरसाइकलले ठक्कर दिँदा १ को मृत्यु, १ गम्भीर घाइते

२० असार०७५, राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित मोटरसाइकल ट्रकमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मगंलवार राति पूर्वबाट पश्चिम गइरहेकको ३ ख ३१२५ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको ९ प ७८१९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका ९ का १९ वर्षीय किशन यादवको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार २२ वर्षीय अरबिन्द यादव दुर्घटनामा गम्भिर घाइते भएकोे र उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको डिएसपी भावेश रिमालले बताए ।

दुर्घटनाग्रस्त मोटरसाइकल, ट्रक र ट्रकका चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले नियन्त्रणमा लिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत