सासंदद्वारा बाढी, पहिरो रोकथामका लागि सरकारको ध्यानाकर्षण

२० असार ०७५ काठमाडौं । सांसद्हरुले देशभर अविरल वर्षाका कारण बाढी, पहिरोबाट धनजनको ठूलो क्षति भइरहेकोले राहत, पुनर्स्थापना र रोकथामका लागिे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष र शून्य समयमा बोल्ने सांसद्हरुले बाढी, पहिरोबाट धनजनको क्षति हुनेक्रम बढ्दो रहेको भन्दै यसतर्फ सरकारको ध्यााकर्षण गराएका हुन् ।

नयाँ शक्तिका संयोजक एवं सांसद् बाबुराम भट्टराईले बाढी पहिरोबाट धनजनको क्षति बढिरहेकोले सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले भने –‘प्रत्येक वर्ष बाढी, पहिरोबाट ठूलो धनजनको क्षति हुन्छ भन्ने हामी सबैलाई थाहा छ तर तयारी गर्दैनौं’ ’अब राहत, पुनस्स्थापनालगायतका काममात्रै ध्यान दिने होइन, रोकथाममा पनि ध्यान पुगोस् ।’

त्यस्तै, राजपा नेपालका सांसद् महेन्द्र राय यादवले बाढी, पहिरो अबिलम्ब नियन्त्रण र प्रभावित जनतालाई राहत दिन सरकारसँग माग गर्दै वर्षनी यस्तो समस्या आइरहे पनि सरकार कहिल्यै गम्भीर नबनेको आरोप लगाए ।

सांसद् यादवले बाढी, पहिरो र डुबानको समस्या हल गराउन अघिल्लो सरकारले प्राधिकरण गठन गरे पनि वर्तमान सरकारले पूर्णता दिन नसकेको बताए । चुरे संरक्षण र व्यवस्थापन नहुँदा तराई, मधेसका करिब चार लाख हेक्टर जमिन कटान हुने, पुरेर मरुभूमिमा परिणत हुँदै गएको भन्दै सांसद यादवले चुरे संरक्षणमा अबिलम्ब ध्यान दिन सरकारसँग माग गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत