सुनसरीमा भरुवा बन्दुकसहित एक युवक पक्राउ

२० असार ०७५, राजविराज । प्रहरीले पूर्व–पश्चिम राजमार्गमा बसमा लुकाइ लैजाँदै गरेको भरुवा बन्दुकसहित एक युवकलाई पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट धनगढीतर्फ गइरहेको ना.५ ख १२२६ नम्बरको मितेरी डिलक्स बसमा सुनसरीको इटहरीबाट चढेका इटहरी उप महानगरपालिका २ का २९ वर्षीय दिनेश गिरीलाई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् ।

गिरीले बन्दुक इटहरी २ स्थित जंगलमा फेला परेको र आफु रोजगारका लागि विदेश जान लागेकोले सर्लाही रानीगञ्जस्थित दिदीको घरमा राख्नलाई लैजादै गर्दा  प्रहरीले पक्राउ गरेको  बताए ।

गिरीको साथबाट सेतो प्लाष्टिकले बेरी लगेको एक थान भरुवा बन्दुक, दुई बट्टा बारुद, तीन वटा विदेशी टर्च बरामद भएको  डिएसपी भावेश रिमालले बताए । उनलाई  हातहतियार खरखजाना मुद्दामाथि कारवाही हुनेछ ।

हातहतियार खरखजाना ऐन २०१९ को दफा ४ (२) अनुसार हातहतियार ओसारपसार गर्नेलाई तीन वर्षदेखि पाँच वर्ष कैद वा ६० हजारदेखि एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

  •  
    1
    Share
  • 1
  •  
  •  
  •  

तपाइको मत