प्रदेश ४ को नाम ‘गण्डकी’ बहुमतबाट पारित

२२ असार ०७५, पोखरा । प्रदेश ४ को नाम गण्डकी  राखिएको छ ।

शुक्रबार बसेको प्रदेशसभा बैठकबाट दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो । प्रस्तावको पक्षमा ५४ मत र विपक्षीमा २ मत खसेको थियो ।

प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन प्रदेशसभाले समिति नै बनाएको थियो । समितिले प्रदेशको नाममा गण्डकी, तमुवान–मगरात लगायतको विकल्प दिएको थियो । प्रदेशको स्थायी राजधानी यसअघि नै पोखरा तोकिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत